इलाम–२ मा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
फिक्कल– इलाम–२ मा वैशाख १५ गते उपनिवार्चनमा ५४७ जना मतदाता थपिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार यस उपनिर्वाचनमा मतदाताको संख्या एक लाख १५ हजार ८८९ हुने भएको छ। जसमा ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ र दुई जना तेस्रो लिंगी मतदाता रहेका छन्।
अघिल्लो निर्वाचनमा एक लाख १५ हजार ३४२ मतदाता थिए। इलाम–२ मा ६ वटा पालिकाका ४२ वटा वडा छन्। सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।
चुलाचुलीमा १८ हजार ५४५, माङसेबुङमा १२ हजार ५३६, फाकफोकथुममा १६ हजार ३०२, देउमाईमा २६ हजार ३६५, इलाममा ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ।
उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
