चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ मेला आयोजना गरिएको हो।
ढोरपाटन– बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चैतेदशैँको अवसर पारेर पूजाअर्चना गर्ने नेपाली तथा भारतीय भक्तजनको घुइँचो लागेको हो। हरेक वर्ष चैतेदशैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।
भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ। मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढा टाढाबाट भक्तजन आउने गरेका छन्। बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। नवरात्र शुरू भएदेखि नै भक्तजनको बाक्लो उपस्थिति रहेको उनले बताए।
मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ। चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदशैँ मेला आयोजना गरिएको हो।
चैतेदशैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबललगायत प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई एक लाख र तृतीय हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ। तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
