हिमालयको काश्मीर उपत्यकामा केही दिनको वर्षापछि नदीमा पानी बढेको थियो। प्रत्यक्षदर्शीका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो।
भारत प्रशासित काश्मीरस्थित झेलम नदीमा मंगलबार डुंगा पल्टिँदा १५ जना बेपत्ता भएका छन्।
श्रीनगर शहर नजिकै रहेको नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेको बताइएको छ।
हिमालयको काश्मीर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो। प्रत्यक्षदर्शीका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो।
श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ। हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थी सडक यातायातबाट बच्न बिहान डुंगाबाट नदी पार गर्छन्।
काश्मीरमा पहाडी क्षेत्रका सडकमा दुर्घटना सामान्य भए पनि यात्रुवाहक डुंगा दुर्घटना विरलै हुने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
