विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ।
विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ। टेस्ला अर्बपति एलन मस्कको कम्पनी हो।
टेस्ला प्रशासनले आन्तरिक रूपमा आफ्ना कर्मचारीलाई इमेलमार्फत यसबारेमा जानकारी गराएको रोयटर्सले जनाएको छ। टेस्लाको इतिहासमा यो अहिलेसम्मकै ठूलो रोजगारी कटौती हो। उत्पादन बिक्रीमा आएको कमीका बीच कम्पनीले यो निर्णय गरेको बताइएको छ।
“हामीले कम्पनीलाई यसको विकासको अर्को चरणको लागि तयार गर्दा, लागत घटाउन र उत्पादकत्त्व बढाउनको लागि कम्पनीको हरेक पक्षलाई हेर्नु अत्यन्त महत्त्वपूर्ण छ,” कर्मचारीहरूलाई पठाएको इमेलमा उल्लेख गरिएको रोयटर्सले पुष्टि गरेको छ।
यहीबीच मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रत्येक पाँच वर्षमा विकासको अर्को चरणको लागि कम्पनीलाई पुनर्संगठित र सुव्यवस्थित गर्न आवश्यक छ।”
डिसेम्बर २०२३ सम्म टेस्लासँग विश्वव्यापी रूपमा एक लाख ४० हजार ४७३ कर्मचारी थिए। अहिले लगभग १० प्रतिशत कर्मचारी कटौती गरेको हो। अप्रिलमा आफ्नो त्रैमासिक आम्दानी जारी गर्ने तयारी गरिरहेको कम्पनीले पहिलो त्रैमासिकमा सवारीसाधनको बिक्रीमा गिरावट देखाएको छ।
यसबीच टेस्लाले सस्तो कार निर्माण गर्ने योजनालाई पनि रद्द गरेको छ। सस्तो कार निर्माण गरेर आम मानिसबीच विद्युतीय कार उपलब्ध गराउने टेस्लाको दीर्घकालीन योजना थियो। आर्थिक मन्दीका बीच यो योजना स्थगित गर्नुपरेको टेस्लाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
