जनमतका सांसदको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सदनको कामकारबाही १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
काठमाडौँ– मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेशसभामा जनमत पार्टीले विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो। जनमतको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सदनको कामकारबाही १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक मंगलबार २ बजे शुरू भएको थियो। बैठकको शुरूमै जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले आफ्ना माग पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले आफ्ना मन्त्री र सांसदमाथि भएको हमलाको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने, रकमान्तरको छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक र कार्य व्यवस्था परामर्श समितिको बैठक नबसी प्रदेशसभाको बैठक डाकिएकोमा आपत्ति जनाए।
उनले आफ्ना मागलाई सरकारले गम्भीरताका साथ नलिएको उल्लेख गर्दै भने “यो सरकारको तमासा ठीक छैन। सदनमा हामीले पहिला यो कुराको जवाफ चाहियो, त्यसपछि कार्य सञ्चालन होस्।” त्यसपछि जनमत सांसद उभिएर बैठक चल्न नदिने अडान लिए।
लगत्तै नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुरले जनमत पार्टीका तत्कालीन मन्त्री महेशकुमार यादवमाथि भएको कुटपिट व्यक्तिगत रहेको उल्लेख गर्दै व्यक्तिगत विषयमा संसद् अवरोध गर्न नपाइने बताए। उनले ‘व्यक्तिगत कुराले सदनलाई अवरोध गर्न मिल्दैन’ भनेपछि केहीबेर एमाले र जनमतका सांसदबीच चर्चाचर्की भएको थियो।
त्यसपछि जनमत र नेपाली कांग्रेसका सांसद उठेर रोस्टम घेराउ गरेका थिए। सभामुख मण्डलले पटक–पटक आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि उनीहरूले रोस्टम घेराउ जारी राखेका थिए। त्यसपछि सभामुख मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
