नेप्से परिसूचक १९९१.७१ अंकमा झर्‍यो, २ अर्बको कारोबार

मंगलबार दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक १४.८१ अंकले ओरालो लागेर १९९१.७१ मा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२६ अंकले ओरालो लागेर ३५३.५१ मा सीमित भएको छ। कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ कारोबार भएको छ। कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १६३ रुपैयाँ बराबरको कारोबार भएको छ। 

सूर्यज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार ५७२, पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार २१४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार ४३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार ७०७ रुपैयाँ बराबर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

एसबीएस ऋणपत्र ९.९९, गोर्खाज फाइनान्स ९.९६, सिभिल बैंकको ऋणपत्र ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ५.०२ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६.७४, सिवाइसी नेपाल लघुवित्त ६.५०, डोल्टी पावर ५.६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाएका छन्।