एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ।
मंगलबार एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोरलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन्। मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँ कानूनी परामर्शमा रहेका बेला एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई आफ्नो दलको समर्थन नरहेको पत्र बुझाएको हो।
कैलाशकुमारले मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थनमा भने लक्ष्मणकिशोरले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले समर्थन रहेको पत्र प्रदेश प्रमुख नाजिर मियाँसमक्ष पेश गरेका थिए। नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादका कारण सुदूरपश्चिमको मुख्यमन्त्री पदमा पार्टीबाट दोहोरो दाबी पेश भएको हो। मुख्यमन्त्रीमा दाबी पेश गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष श्रेष्ठ पक्षधर हुन्।
नेपाली कांग्रेसका कमलबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन्। रिक्त रहेको एक पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
