नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद ए. ए. अल अन्सारीले नेपाली श्रमिकको सीप विकासका लागि सहयोग गर्न कतार तयार भएको बताएका छन्।
काठमाडाैँ– नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद ए. ए. अल अन्सारीले नेपाली श्रमिकको सीप विकासका लागि सहयोग गर्न कतार तयार भएको बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग बुधबार भएको शिष्टाचार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका थिए।
"हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौँ। त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं," मन्त्रीले भने। त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिएका थिए।
"कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु। कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ। जुन प्रशंसनीय छ," उनले भने।
राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए। कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको भन्दै उनीहरूको सीप विकास लागि सहयोग गर्न कतार सधैँ तयार रहेको उनले स्पष्ट पारे।
"नेपाली श्रमिकको सीप विकासका लागि के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस्। हामी सबै खालको सहयोग गर्न तयार छौँ," उनले भने।
भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको थियो।
कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन्। जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ। कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
