लोसपाले मधेश सरकारमा सहभागी आफ्नो पार्टीका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई पनि फिर्ता बोलाएको छ।
काठमाडौँ– मधेश प्रदेश सरकारलाई दिएको समर्थन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फिर्ता लिएको छ। लोसपाले मधेश सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई पनि फिर्ता बोलाएको छ।
लोसपा मधेश प्रदेश सांसद उपेन्द्र महतोका अनुसार आफ्नो पार्टीबाट सरकारमा वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीलाई फिर्ता बोलाइएको हो।
उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन्। उनले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
साथै, लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ। १०७ सदस्यीय मधेश प्रदेशसभामा लोसपाका नौ सांसद छन्।
मुख्यमन्त्री यादवले मंगलबार चौथो पटक प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार २ बजे प्रदेशसभा बैठक बसेको थियो।
तर जनमत पार्टी र नेपाली कांग्रेसका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न सकेको छैन।
यता, मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी पनि आफू मातहत नै राखेका छन्। अब मधेश प्रदेश मन्त्रिपरिषद् १३ सदस्यीय बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
