प्रदेशप्रमुख नजिर मियाँले नागरिक उन्मुक्तिका दुवै सांसदको दाबीलाई अस्वीकृत गर्दै दुई दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गरेका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि पुनः आह्वान भएको छ। प्रदेशप्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसदबाट पेश भएका दाबीलाई अस्वीकृत गर्दै सरकार गठनका लागि पुनः आह्वान गरेका हुन्।
नागरिक उन्मुक्तिका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले बेग्लाबेग्लै समर्थन जुटाएर मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए। प्रदेश प्रमुख मियाँले उनीहरू दुवैको दाबी अस्वीकृत गर्दै संविधानको धारा १६८ (२) अनुसार नै मंगलबारसम्मको समय दिएर दाबी पेस गर्न पुनः आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदको दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएकोले प्रदेश प्रमुखले दाबी पेश गर्न पुनः आह्वान गरेका हुन्।
प्रवक्ता भट्टले जारी गरेको विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्म स्पष्ट दाबी पेश गर्न भनिएको छ।
नेपाली कांग्रेसका कमलबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए। जसमा नागरिक उन्मुक्तिकै दुई सांसदको दाबी पेश भएको थियो।
कैलाशकुमारलाई मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन रहेको थियो भने लक्ष्मणकिशोरले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले समर्थन रहेको पत्र प्रदेश प्रमुख नाजिर मियाँसमक्ष पेश गरेका थिए।
मंगलबार नै नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोरलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
