यो क्षेत्रमा आउनुअघि लोइस मोडेलिङ गर्थिन्। तर २१ वर्षको उमेरमा उनीमाथि सिरियल किलरले आक्रमण गरे। त्यहाँबाट जोगिएर प्रहरीकोमा पुगेकी उनको लक्ष्य बदलियो।
सिरियल किलरको हातबाट जोगिएकी फरेन्सिक आर्टिस्टले पुलिसलाई १३ सय भन्दा बढी अपराधीहरू समात्न मद्दत गरेकी छन्।
संयुक्त राज्य अमेरिकाको टेक्सासमा पर्ने ह्युस्टन पुलिस विभागमा काम गर्ने लोइस गिब्सनले 'एक चित्रकारको मद्दतले सबैभन्दा धेरै अपराधी पहिचान भएको गिनिज वर्ल्ड रेकर्ड' समेत प्राप्त गरेकी छन्।
गत फेब्रुअरीसम्म लोइसले कोरेका चित्रका कारण १ हजार ३१३ अपराधीहरूलाई पहिचान गर्न मद्दत पुगेको छ। यसरी उनले हजारौँको ज्यान बचाउनुका साथै त्यति नै अपराध हुनबाट जोगाएकी छन्। जुन गणना गर्न सकिँदैन।
यो क्षेत्रमा आउनुअघि लोइस मोडेलिङ गर्थिन्। त्यससँगै उनी ललितकलामा डिग्री हासिल गर्न विश्वविद्यालयमा भर्ना हुन चाहन्थिन्। तर उनको जीवनमा उक्त चाहना पूरा हुन पाएन। २१ वर्षको उमेरमा उनी सिरियल किलर तथा बलात्कारीद्वारा लक्षित भइन्।
उनले एक टेलिभिजन कार्यक्रममा भनेकी छन्, "उसले मलाई आक्रमण मात्र गरेन, झन्डै मलाई मृत्युको मुखमा पुर्याएको थियो।"
उक्त आक्रमणपछि लोइसले लस एन्जलस छोडिन् र ह्युस्टनमा बस्न थालिन्। त्यहाँ उनले जागिर खोजिदिनको लागि प्रहरीलाई सम्पर्क गरिन्। प्रहरीले उनको क्षमताअनुसार अपराधीको चित्र बनाउने काममा लगायो। उनलाई शुरूमा त अप्ठेरो लाग्यो। जब पीडितहरूले बताएअनुसार उनले बनाएको अपराधीको मुखाकृति (कम्पोजिट स्केच)ले अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भए उनी आफूले गरेको कामप्रति खुसी भइन्।
त्यसपछि उनले झनै मन लगाएर काम गर्न थालिन्। आफू जस्तै अरु कोही पनि अपराधीको शिकार हुनु नपरोस् भनेर आफूले यस पेशालाई मनैदेखि गर्ने गरेको उनी बताउँछिन्।
आफ्नो एक घण्टाको मेहेनतले अपराधीलाई समात्न सकिने भएपछि यसैको नसा लाग्न थालेको उनको भनाइ छ। लोइस एआईले भन्दा मान्छेले राम्रो मुखाकृति बनाउन सक्ने बताउँछिन्।
"एआई कम्प्युटर प्रोग्रामहरूले कम्पोजिट स्केच बनाउन सक्दैनन् जसरी मानवले आफ्नै हातले गर्न सक्छ," उनी भन्छिन्, "वर्षौंदेखि मैले हरेक कार्यक्रममा सबै तालिम लिएकी छु, कम्प्युटर प्रोग्रामद्वारा तयार गरिएका स्केचहरू पुन: बनाउनु परेको थियो। मैले वैज्ञानिक रूपमा पत्ता लगाएँ, मान्छेले एआईले भन्दा राम्रो काम गर्छ। यो एक तथ्य हो।"
उनी सन् १९८२ देखि फोरेन्सिक आर्टिस्टको रूपमा काम गरिरहेकी छिन्। पीडितहरूलाई कसरी अपराधीको चित्र भन्न लगाउने भन्नेबारे उनले राम्रोसँग बुझेकी छन्।
कतिपय अवस्थामा पीडितहरू अपराधीको अनुहार बिर्सिन्छन्। त्यस्तो बेला विभिन्न ‘टेक्निक’ प्रयोग गरेर उनले सम्झनाहरू ‘अनलक’ गराउनुपर्ने हुन्छ। यो कुरा अभ्यास गर्दै जाँदा सिकिँदै जाने उनी बताउँछिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
