वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरू भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ।
काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरू भएको छ। काठमाडौँको जमलस्थित तीनधारा पाठशालामा मंगलबार अपराह्न सेतो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएपछि रथयात्रा शुरू भएको हो।

करुणामय र आर्यावलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट शुरू हुने रथयात्रा काठमाडौँको पुरानो बस्ती रहेको क्षेत्र हुँदै सञ्चालन हुन्छ। यसक्रममा असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मत्स्येन्द्रबहालमा ल्याएर रथयात्रा अन्त्य गरिन्छ।

पहिलो दिन रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ। सो क्षेत्रमा रथयात्रा अवलोकनका लागि बाक्लो संख्यामा सर्वसाधारणको उपस्थिति देखिन्थ्यो।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। सेतो मत्स्येन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने जनविश्वास छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
