लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि विषयगत समितिमा नेतृत्व चयन भएको छ।
लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि विषयत समितिमा नेतृत्व चयन भएको छ।
प्रदेशसभामा ६ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार मंगलबार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सात वटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
दलहरूका बीच विषयगत समितिमा सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए। लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानून समिति सभापतिमा रुकुम पूर्वकी दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा रामजीप्रसाद घिमिरेको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन्।
यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नं १ ‘क’ का राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधारीलाल न्यौपानेको एकल उम्मेदवारी परेको थियो। उनीहरू सबै सर्वसम्मत रूपमा चयन भएका हुन्।
लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरूबीच एमालेले विशेष अधिकारसहित तीन वटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई वटा समिति र माओवादी केन्द्रले दुई वटा समितिको नेतृत्व गर्ने सहमति भएको थियो। गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यको टुंगो लगाए पनि समिति नेतृत्वका विषयमा दलहरूबीच सहमति बन्न नसक्दा १७ महिना विषयगत समिति नेतृत्वविहीन थियो।
२०७९ मंसिर ४ गते भएको संसदीय निर्वाचनपछि लुम्बिनी प्रदेशमा तीन वटा सरकार फेरिँदा पनि मिनी संसद्को रूपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा बिजनेसविहीन जस्तै बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
