लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
काठमाडाैँ– अहिले देशभरको माैसम सामान्यतया सफा रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभर पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
