भारतमा हुन गइरहेको लोकसभा चुनावका लागि आमिरले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई समर्थन गरेको डिपफेक भिडियो बाहिरिएको हो।
काठमाडौँ– बलिवड अभिनेता आमिर खान डिपफेक भिडियोको सिकार बनेका छन्। भारतमा यही अप्रिल १९ तारिखदेखि हुन गइरहेको लोकसभा चुनावका लागि उनले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई समर्थन गरेको डिपफेक भिडियो बाहिरिएको हो।
आमिरले उक्त भिडियोप्रति आपत्ति जनाउँदै कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन्। साथै कांग्रेसविरुद्ध मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर बनाइएको यस भिडियोमा खानको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को एक दशक पुरानो एपिसोडको दृश्य छ। जसमा उनले जनताको बैंक खातामा १५ लाख रुपैयाँ जम्मा गर्ने भाजपाको वाचाको आलोचना गरेको देख्न सकिन्छ।
यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले कांग्रेस पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ। आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ति नै जारी गरेका छन्।
यो पनि: के हो डिपफेक प्रविधि?
मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त भिडियो क्लिप ‘झुठो’ रहेको बताएका छन्। उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन्।
"हामी स्पष्ट पार्न चाहन्छौँ कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन्। उनले पछिल्ला कैयौँ चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन्। हामी हालै भाइरल भिडियोबाट चिन्तित छौँ। भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ। हामी यो स्पष्ट पार्न चाहन्छौँ कि त्यो फर्जी भिडियो हो र पूर्ण रूपमा झुठो हो," विज्ञप्तिमा उल्लेख छ।
कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमीन पर’मा देखिँदैछन्। यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन्। उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
