युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको शुरूआतदेखि नै रुसी कब्जामा रहेकाले हराइरहेकाहरूको संख्या अझै धेरै हुनसक्ने बताइएको छ।
युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रुसको आक्रमण शुरू भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मंगलबार जनाएको छ।
रुसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही संख्या गणना गर्न कठिन छ। कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्यांक औपचारिक रूपमा सार्वजनिक गर्दैन।
“बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन्। यो संख्या अझै धेरै हुन सक्छ,” युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भनेका छन्।
युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरू भएयता रुसले गैरकानूनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताएका छन्। मानव अधिकारवादी समूहहरूले रुसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन्।
युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको शुरूआतदेखि नै रुसी कब्जामा रहेको छ। युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौँको ज्यान लिइसकेको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रुसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ।
स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक संख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
