लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो।
काठमाडौँ– लागुऔषध मुद्दामा फरार प्रतिवादी एन्फा उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौँबाट लामालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए।
लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो। २०६२ जेठ १० मा काठमाडौँ जिल्ला अदालतले उनलाई ६ महिना कैद हुने फैसला गरेको थियो। उक्त फैसलाविरूद्ध सरकारी वकिल उच्च अदालत गएको थियो। उच्च अदालतले उनलाई २०६४ जेठ २० मा खैरो हेरोइन कारोबार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५ हजार जरिबाना हुने फैसला गरेको थियो। अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए।
फैसला भइसकेपछि उनी ७० दिनभित्र सर्वोच्चमा पुनरावेदनमा जानुपर्ने थियो। तर, उनी पुनरावेदनका लागि सर्वोच्च गएनन्। सर्वोच्च अदालतले पनि केही समयअघि काठमाडौँ जिल्ला अदालतलाई पत्र पठाउँदै लामाले पुनरावेदनमा निवेदन नदिएको जानकारी गराएको थियो।
अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेकै अवस्थामा बुधबार पक्राउ परेसँगै उनले सजाय भुक्तानीका लागि जेल जानुपर्ने छ। एआईजी थापाले पक्राउ परेका लामालाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
