यूएईसँगै खाडीका अन्य देश ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।
सुख्खा र तातो तापक्रमका लागि परिचित संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। मंगलबारदेखि परेको पानीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यूएईको अल एन क्षेत्रमा मंगलबार २४ घण्टाभन्दा कम समयभित्र २५४ मिलिमिटर वर्षा मापन गरिएको छ। यो ७५ वर्षयताकै ठूलो वर्षा भएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ। विभागका अनुसार सन् १९४९ देखि मौसमको तथ्यांक राख्न थालेपछिकै यो सबैभन्दा ठूलो वर्षा हो। यूएई देशको निर्माण भने त्यसको धेरै पछि सन् १९७१ मा मात्रै भएको हो। त्यसअघि अहिलेका विभिन्न ७ वटा प्रान्त अलगअलग देश थिए।
भारी वर्षाका कारण उडान सञ्चालनमा ढिलाई वा उडान रद्द भएका छन्। विश्वकै व्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूरै डुब्दा उडान प्रभावित भएका छन्। सडकहरू पानीले भरिएका छन्। मंगलबार यूएईको उत्तरी क्षेत्रमा वर्षापछि आएको भेलले कार बगाउँदा त्यसमा सवार ७० वर्षीय स्थानीयको मृत्यु भएको रोयटर्सले जनाएको छ।
यूएईका सपिङ मल तथा अपार्टमेन्टभित्र पनि पानी छिरेको छ। यातायात सेवा प्रभावित भएका छन्। अहिलेको अवस्थालाई ध्यानमा राख्दै यूएईमा विद्यालय बन्द गरिएको छ।
यूएईसँगै ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। वर्षासँगै आएको आँधीका कारण बहराइनको अवस्था पनि नाजुक बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
