सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।
दाङ– सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ।
इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो।
चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए। उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ।
दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए।
घाइतेमध्ये आठ जनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरू घर फर्किसकेका छन्। बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
