कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।
काठमाडौँ– स्टार फरवार्ड रोबर्ट लेवान्डस्की सम्मिलित पोल्यान्डले कतार विश्वकप २०२२ मा पहिलो जित निकालेको छ। एजुकेशन सिटी स्टेडियममा शनिबार राति सम्पन्न समूह ‘सी’ को दोस्रो खेलमा पोल्यान्डले एशियाली राष्ट्र साउदी अरबविरुद्ध २-० गोलअन्तरको जित निकालेको हो।
निकै प्रतिस्पर्धात्क खेलमा साउदीले शुरुआती समयमा बनाएको दबाबलाई आक्रमणमा बदल्न सकेन। यता, पोल्यान्डले प्राप्त अवसर सदुपयोग गर्दै जित निकाल्यो।
पोल्यान्ड दुवै गोलमा लेवान्डस्कीको भूमिका अहम रह्यो। उनकै पासमा ४०अौँ मिनेटमा पोल्यान्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो।
लेवान्डस्कीले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई जिलेन्स्कीले गोलमा परिणत गरे। साउदीका गोलरक्षक बाहिर निस्केको अवस्थामा उनलाई बिट गर्दै जिलेन्स्कीलाई लेवान्डस्कीले पास दिएका थिए।
४४अौँ मिनेटमा साउदीले पेनाल्टीमार्फत् खेलमा फर्कने अवसर गुमायो। भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्र भित्र लडाएको फलमा पेनाल्टी दिएका थिए। तर, साउदीका लागि मोहमद अल्बुरेकले पेनाल्टी सदुपयोग गर्न सकेनन्। पोलिस गोलरक्षक वजसिएक सेचेज्नीले पेनाल्टी विफल पार्दै रिबाउन्डमा आएको प्रहारलाई पनि बाहिर पठाए।
खेलको ८२औँ मिनेटमा लेवान्डस्कीले पोल्यान्डको अग्रता दोब्बर बनाए। साउदीका रक्षकले बल क्लिअर गर्न ढिला गरेपछि उनले खोसेर गोल गरेका थिए।
सन् २००८ मा पोल्यान्डको सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेयता लेवान्डस्कीको विश्वकपमा यो नै पहिलो गोल हो। सन् २०१० मा दक्षिण अफ्रिका र २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पोल्यान्ड छनोट हुन योग्य भएन। त्यसको चार वर्षपछि रसिया विश्वकपमा पोल्यान्ड छनोट त भयो, तर समूह चरण पार गर्न सकेन।
लेवान्डोस्कीकै उत्कृष्ट प्रदर्शनमा पोल्यान्ड १२ वर्षपछि सन् २०१८ मा विश्वकप फुटबलमा फर्किएको थियो। पोल्यान्डलाई विश्वकप छनोटको समूह ‘एच’को विजेता बनाउँदै रसिया विश्वकपमा छनोट गराउने क्रममा लेवान्डोवस्की एक्लैले १० खेलमा १६ गोल गरेका थिए।
छनोट चरणमै लयमा देखिएका भएर होला उनीमाथि निकै आशा गरिएको थियो। तर, उनी चल्न सकेनन्।
यसपटक पनि पोल्यान्डलाई विश्वकपमा पुर्याउन लेवान्डोस्कीकै उत्कृष्ट प्रदर्शन रह्यो। कतार विश्वकपमा पोल्यान्डलाई छनोट गर्नेक्रममा लेवान्डोस्की एक्लैले ८ गोल गरे भने ४ गोलका लागि सहयोगी भूमिका खेले।
जितसँगै पोल्यान्ड समूहको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। एक खेल बराबरी खेलेको पोल्यान्डको चार अंक रहेको छ। उसले पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो।
यता साउदीको भने तीन अंक रहेको छ। साउदीले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ ले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
