गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन्।
गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताएका छन्।
प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भने, “हामी केही अवरोधबीच संवेदनशील चरणबाट गुज्रिरहेका छौँ। र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ।”
अमेरिका र इजिप्टसँगै कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा इजरायली बन्धकको रिहाइका लागि केही सातायता पर्दा पछाडिको वार्तामा सक्रिय छ।
प्रधानमन्त्री शेख मोहम्मदले भने, “अगाडि बढ्न, गाजामा मानिसले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकलाई फिर्ता गर्न वार्ताकारले प्रयास जारी राखेका छन्।”
मध्यस्थकर्ताले रमजानको प्रारम्भअघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए। तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिनाप्रगति बारम्बार वार्ता असफल भयो। यसैबीच यसै साताको अन्त्यतिर आफ्नो कट्टर दुस्मन इजरायलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने त्रास बढेको छ।
“युद्धको दायराको विस्तारविरुद्ध यो युद्धको प्रारम्भदेखि नै चेतावनी दिइएको थियो र आज हामीले विभिन्न मोर्चामा युद्ध देखिरहेका छौँ,” कतारी प्रधानमन्त्रीले भने, “हामी लगातार अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो जिम्मेवारी सम्हाल्न र यो युद्धलाई रोक्न आह्वान गरिरहेका छौँ।”
उनले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’को सामना गर्नु परिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’का रूपमा प्रयोग गरिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
