आप्रवासीलाई सहयोग गरिरहेका च्यारिटी संस्थाले यसको कदमको विरोध गरेका छन्। जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकलाई राम्रो देखाउन पेरिसबाट घरबारविहीन मानिसलाई हटाइएको उनीहरूको आरोप छ।
फ्रान्सेली अधिकारीहरूले ओलम्पिक शुरू हुनु १०० दिनअघि बुधबार पेरिसको दक्षिणी उपनगरमा बस्ने ४५० आप्रवासीलाई निष्कासन गरेका छन्। उनीहरूलाई प्रहरीले फ्रान्सका अन्य स्थानमा जान अनुरोधसहित उक्त स्थानबाट हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आप्रवासीलाई सहयोग गरिरहेका च्यारिटी संस्थाले सरकारको यो कदमको विरोध गरेका छन् । जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिक खेललाई राम्रो देखाउन फ्रान्सेली राजधानीबाट घरबारविहीन मानिसलाई हटाउने कोशिश गरिएको उनीहरूको आरोप छ। भिट्री–सुर–सिनमा परित्याग गरिएको कार्यालय भवन ४५० आप्रवासीको घर थियो। उनीहरूमध्ये अधिकांशले सामाजिक आवासको प्रतीक्षा गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ।
सरकारले निष्कासनको घोषणा गरेपछि साताको प्रारम्भमा धेरै मानिसले उक्त भवन छाडेका थिए। आफ्नो सामान ब्याग, सुटकेस तथा ट्रलीमा भरेर बुधबार बिहान दंगा गियरमा प्रहरीको निगरानीमा आगामी कदमबारे चिन्तित देखिएका करिब ३०० मानिस शान्तपूर्वक बसेका थिए। अधिकांश युवा पुरुष थिए तर बच्चाहरूसहित धेरै जवान आमा पनि भीडमा थिए।

एएफपीका अनुसार प्लास्टिक फोल्डरमा कागजात समातेर उनीहरू टेबल पछाडि बसेका अध्यागमन अधिकारीसमक्ष फ्रेन्च तथा अंग्रेजी भाषामा आफ्नो अवस्था बुझाउन पुगेका थिए। उनीहरूलाई केन्द्रीय शहर अर्लियन्स वा दक्षिणपश्चिमी सहर बोर्डोसम्म लैजानका लागि बाहिर बसहरू प्रतीक्षामा थिए ।
यद्यपि धेरै मानिसले पेरिस छाड्न नचाहेको बताएका छन्। सुडानका २९ वर्षीय अबाकरले भने, “म यहीँ बस्न चाहन्छु।” उनले लजिस्टिक कोर्स गर्नका लागि आफू पेरिसमा रहेको र एउटा सुपरमार्केटमा आफूलाई नोकरी दिने वाचा गरिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
