गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ।
मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन्।
जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन्।
गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताए। गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ।
“सती र बाह्रमासे घाटु नाच नचाइन्छ। बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ,” उनले भन, “गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ।”
पछिल्लो समय घाटुनाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणमा आफूहरू जुटेको गुरुङले बताए। पौराणिक कथामा आधारित घाटुका विभिन्न प्रकारमध्ये सतीघाटु धेरै कम नाच्ने गरिएको छ। यसको शुरूआत र समापन निकै रोचक हुने घाटुनाचका गुरु गुरुङको भनाइ छ।
“हामी युवा अवस्थामा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो। अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ,” उनले भने, “बसाइँसराइले पहाडबाट हामी तराई आयौँ। यहाँबाट हाम्रा छोरा नाति विदेश लागे त्यो सँगै घाटुनाच पनि हराउँदै गयो।”
बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो। अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउन थालेका छौँ।”
यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो वेशभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ। घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जंगबहादुर गुरुङले बताए।
परापूर्वकालदेखि घाटु नृत्यको प्रारम्भ भएको गुरुङ समुदायको मान्यता रहेको छ। सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेको स्थानीय टलबहादुर गुरुङले बताए।
“पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताले भए पनि घाटुनाच देखाउने गरेका छौँ,” उनले भने। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २०७८ सालको जनगणनाअनुसार गुरुङ समुदायको जनसंख्या १० हजार ९०९ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
