सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको पाइएपछि लामालाई छोडिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन्।
सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको पाइएपछि लामालाई छोडिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेर लामालाई बिहीबार जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो। सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेस गरेपछि उनी छुटेको एसपी रेग्मीले बताए।
लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो। २०६२ जेठ १० मा काठमाडौँ जिल्ला अदालतले उनलाई ६ महिना कैद हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालत गएको थियो।
उच्च अदालतले उनलाई २०६४ जेठ २० मा खैरो हेरोइन कारोबार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५ हजार जरिबाना हुने फैसला गरेको थियो। अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
