लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार मुख्यमन्त्री महराले ६ जना बिनाविभागीयमन्त्री नियुक्त गरेका हुन्।
मन्त्री नियुक्त हुनेहरूमा एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक जना छन्।
एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी बनेका हुन्। नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत मन्त्री नियुक्त भएका हुन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।
बिहीबार विस्तारसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। नवनियुक्त मन्त्रीहरूको शपथ बिहीबार नै गराउने तयारी छ।
मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनले चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
