मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहका अनुसार जिल्ला प्रशासनसँग समन्वय नगरी अर्को सूचना जारी नहुँदासम्म राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि नगर्न भनिएको हो।
विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सामूहिक रूपमा गरिने गतिविधिमा रोक लगाएको छ। मोरङ प्रशासनले अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलनलगायतका सामूहिक गतिविधि नगर्न भनेको हो।
बुधबार विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै भेला, सम्मेलन तथा धार्मिक गतिविधिमा रोक लगाएको हो।
बुधबार राम नवमीका अवसरमा निकालिएको र्यालीका क्रममा दुई समूहबीच विवाद चर्किँदै गएपछि झडपको स्थिति सिर्जना भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।
थप झडप र हिंसाको सम्भावनालाई मध्यनजर गर्दै मोरङ प्रशासनले सामूहिक गतिविधिमा नगर्न अत्यन्त जरुरी सूचना जारी गरेको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहका अनुसार जिल्ला प्रशासनसँग समन्वय नगरी अर्को सूचना जारी नहुँदासम्म राजनीतिक सभा, भेलालगायतका गतिविधि नगर्न भनिएको हो।
“जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वयन नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारको भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन,” सूचनामा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
