एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकोले मुख्यमन्त्री कार्की अल्पमतमा परेको र उनले मार्गप्रशस्त गर्नुपर्ने बताए।
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि संकल्प प्रस्ताव पेश गरिएको छ। नेकपा एमाले र माओवादी केन्द्रले परिमार्जित संकल्प प्रस्ताव पेश गरेका हुन्।
बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेश गरेका हुन्। एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सभामा पेश भएको हो।
सभामुख अमरबहादुर विष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेश गर्न भण्डारीलाई समय दिएका थिए। बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकोले मुख्यमन्त्री कार्की अल्पमतमा परेको बताए।
“हामीले बनाएको मुख्यमन्त्री केदार कार्की संवैधानिक, कानूनी, संसदीय प्रक्रिया तथा संसदीय प्रणालीका मूल्यमान्यताका हिसाबले अल्पमतमा पर्नुभयो। बहुमत गुमाउनु भयो,” उनले भने। अल्पमतमा परेका मुख्यमन्त्री कार्कीको मार्गप्रशस्तका लागि संकल्प प्रस्ताव पेश गरिएको उनले बताए।
नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री कार्की अल्पमतमा परेकाले पदमुक्त गर्न आवश्यक रहेको भन्दै एमाले र माओवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको अधिवेशन बोलाएका थिए।
परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
