बिहीबार दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.५६ अंकले ओरालो लागेर १९७२.१४ को बिन्दुमा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले ओरालो लागेर ३५०.४७ को बिन्दुमा पुगेको छ। कुल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबर कारोबार भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि लगातार घटेको छ। मंगलबार दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार थियो। त्यसअघि सोमबार दुई अर्ब ७९ करोड ७५ लाख र आइतबार तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४४१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६७९, पोखरा फाइनान्स सात करोड ३७ लाख ५५ हजार ६४६, शिवम् सिमेन्ट पाँच करोड ४५ लाख १९ हजार १२३ र हिमालयन रिइन्स्योरेन्स पाँच करोड ३० लाख ४९ हजार ५५१ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर ७.९४, पोखरा फाइनान्स ६.२१, एनआईसी एशिया ग्रोथ फन्ड ५.७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ५.७० र पिपल्स पावरका लगानीकर्ताले ५.५९ प्रतिशतले कमाएका छन्।
रुरु जलविद्युत् परियोजना ९.९९, गुर्खाज फाइनान्स ९.३९, सिभिल बैंकको ऋणपत्र ८.८९, सीवाईसी नेपाल लघुवित्त ६.१२ र एसबीएल ऋणपत्रका लगानीकर्ताले ५.८४ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
