रुद्रमतीको कालोपुलदेखि सेतोपुल आसपाससम्मको क्षेत्रमा अहिले ढकमक्क फूल फुलेर सुन्दर देखिएको छ। तर प्रदूषण र दुर्गन्धले फूलको सौन्दर्य हेर्न चाहनेहरू किनारमा उभिन मुस्किल छ।
काठमाडौँ- रुद्रमति (धोबीखोला) काठमाडौँबाट शुरू भएर काठमाडौँमै सकिन खोला हो। बुढानीलकण्ठभन्दा माथि शिवपुरीबाट शुरू हुने यो खोला बागमतीमा गएर मिसिन्छ। बुढानीलकण्ठबाट बस्ती शुरू भएपछि भने खोला प्रदूषित बन्दै जान्छ।
चाबहिल गोपिकृष्णबाट चक्रपथ नाघेर मुख्य शहरभित्र प्रवेश गर्दा रुद्रमती कालो लेदोमा परिणत भइसकेको छ। कतिपय ठाउँमा फोहोरको डंगुर थुपारिएको छ। खोलामा सिधै ढल मिसाइएको हुँदा दुर्गन्ध फैलिएको छ।

अहिले रुद्रमती करिडोर खोला सफाइ अभियान थालिएको छ। गएको चैत १८ गतेदेखि शुरू अभियानअन्तर्गत अहिले कालोपुल र रातोपुल क्षेत्रमा सफाइ चलिरहेको छ। काठमाडौँ महानगरपालिकाले श्रम बैंकमार्फत लिइएका ५५ जना जनशक्ति प्रयोग गरेर खोला सफाइ थालेको जनाएको छ।

यो क्षेत्रमा फूलले ढकमक्क ढाकेर रुद्रमती किनार सुन्दर देखिएको छ। तर कालो पानी र दुर्गन्धले फूलको सौन्दर्य हेर्न चाहनेलाई खोला किनारमा उभिन मुस्किल छ।
पहिलो चरण अन्तगर्त खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्ने र पछि डोजर लगाएर झिकिने महानगरले जनाएको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
