एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घ सोडारीले एमालेसहितका दलको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन्। सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ पक्ष) र स्वतन्त्र सांसदले समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
एमाले सोडारीलाई मुख्यमन्त्री नबाउने अडान लिएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर दाबी पेश गर्ने गरी छलफल थालेको थियो। कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भए पनि अन्तिममा एमालेले नै मुख्यमन्त्रीमा सोडारीको नाममा समर्थन जनाएको हो।
मंगलबार प्रदेशप्रमुख नजिर मियाँले बिहीबार ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। यसअघि उनले गत चैत २३ गते १० दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसपछि नागरिक उन्मुक्तिका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले बेग्लाबेग्लै समर्थन जुटाएर मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख मियाँले उनीहरू दुवैको दाबी अस्वीकृत गर्दै संविधानको धारा १६८ (२) अनुसार नै बिहीबारसम्म समय दिएर ‘स्पष्ट दाबी’ पेस गर्न पुनः आह्वान गरेका थिए। कांग्रेसका कमलबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थालिएको हो।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
