सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको प्रजिअ पोखरेलको भनाइ छ।
हुम्ला– छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ।
ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयतादेखि सीमा पास लिने नागरिकको भिड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ। कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३२८ जनाले पास लिएका छन् भने ८७८ जनाले पास नवीकरण गरेका छन्।
जिल्ला प्रशासन हुम्लाले ताक्लाकोटमा व्यापार, व्यवसाय र रोजगारका लागि जाने जिल्लाका नागरिकलाई एक वर्षका लागि पास उपलब्ध गराउँदै आएको छ। गत वर्ष वैशाख १८ गतेदेखि हिल्सानाका चीनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भिड बढेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए।
फागुनमा दैनिक पाँचदेखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राही नागरिकको संख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। पछिल्लो समय औसतमा ३० देखि ४० जनालाई उक्त पास प्रदान गरिँदै आइएको पोखरेलले जानकारी दिए।
सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको उनको भनाइ छ। केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाका नागरिकसमेत सीमा पास बनाउन आएका प्रजिअ पोखरेलले बताए।
हुम्लावासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ। ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुने गर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ।
केही दिनअघि मात्रै उत्तरी नाम्खा र सिमकोट गाउँपालिका–७ डाडाँफया र वडा नं ८ स्याडाका युवा रोजगारीका लागि चीनको ताक्लाकोट पुगिसकेको जानकारी आएको उनको भनाइ छ। नारा र न्यालु लेकको हिउँ केही दिनमा पन्छाएसँगै उत्तरी भेगका युवा रोजगारीका लागि ताक्लाकोट पुगिसकेको स्थानीयले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
