सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। उनलाई प्रदेशप्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति (रञ्जिता चौधरी पक्ष)का सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसअघि नागरिक उन्मुक्तिका दुई प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा पेश गरेको दाबी प्रदेश प्रमुख मियाँले अस्वीकृत गरेका थिए।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
