सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यो पनि : मानवअधिकार आयोगमा ‘रमिता’: सचिव नियुक्तिको विषयले कार्यकारीसँगै टकराब
बैठकले बागमती प्रदेशको प्रमुखसचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकर्र गरी कामकाजमा खटाउने निर्णय पनि गरेको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव गरेको थियो।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ।
त्यस्तै, नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ।
त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय बैठकले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
