अमेरिका र बेलायतले इजरायलमाथि आक्रमणको जवाफी कारबाही स्वरूप इरानी सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्।
अमेरिका र बेलायतले इजरायलमाथि सप्ताहान्तमा गरेको आक्रमणको जवाफी कारबाही स्वरूप बिहीबार इरानी सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्।
अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (यूएभी) कार्यक्रमलाई उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, “यसमा इरानको यूएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, इरानको शाहिद संस्करण यूएभीलाई शक्ति दिने इन्जिनको प्रकार पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो।”
बेलायतले पनि ‘इरानको यूएभी र ब्यालिस्टिक मिसाइल उद्योगमा सामेल धेरै इरानी सैन्य संगठन, व्यक्ति र संस्थालाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ।
तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमणको बदलामा शनिबार राति इजरायलमाथि आफ्नो पहिलो प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो। इरानले आफ्नो दूतावासमा भएको आक्रमणप्रति इजरायललाई दोष दिएको थियो। आक्रमणमा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए।
इरानले आक्रमणका क्रममा तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो। तीमध्ये अधिकांशलाई इजरायल, अमेरिका र बेलायतसहित उसका सहयोगीले खसाएका थिए। इरानी आक्रमणबाट न्यून क्षति भएको इजरायलको भनाइ छ। आक्रमणको जवाफमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित रहेको बताएका छन्।
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले एक विज्ञप्तिमा भने, “आज संयुक्त अधिराज्यसँगको समन्वयमा र साझेदार तथा सहयोगीको परामर्शमा हामीले इजरायलमाथि इरानको अभूतपूर्व आक्रमणको जवाफ दिन द्रुत र निर्णायक कदम चालिरहेका छौँ।”
“हामी इरानको यूएभी कार्यक्रम र उसको आतंकवादलाई समर्थन गर्न शासनले उत्पन्न गर्ने राजस्वसहित घातक गतिविधिका प्रमुख पक्षलाई न्यून गर्न र अवरोध पुर्याउनका लागि ट्रेजरीका आर्थिक उपकरणको प्रयोग गर्दै छौँ,” उनले भनिन्, “हामी आगामी दिन र सातामा थप कारबाहीका साथ इरानको सामना गर्नका लागि हाम्रो प्रतिबन्ध प्राधिकरणलाई निरन्तरता दिनेछौँ।”
इरानको यूएभी कार्यक्रमविरुद्ध प्रतिबन्धका साथै अमेरिकाले इरानको स्टिल उद्योगका लागि पार्टपुर्जा उपलब्ध गराउने पाँच कम्पनीमाथि पनि प्रतिबन्ध लगाइरहेको छ। अर्थ मन्त्रालयले भनेको छ, “इरानको धातु क्षेत्रले वार्षिक आधारमा कयौँ अर्ब डलर बराबरको आम्दानी गर्दछ, यसमा अधिकांश स्टिल निर्यातबाट आउँछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
