यामिनलाई सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।
भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाएका मालदिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई बिहीबार रिहा भएका छन्।
उच्च अदालतका तीन न्यायाधीशको इजलासले यामिनको सन् २०२२ को मुद्दा अनुचित भएको ठहर गर्दै उनलाई रिहा गरेको हो। न्यायाधीश हसन शफिउले लामो फैसला पढ्दै तल्लो अदालतको फैसला निष्पक्ष नभएको बताए। फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो।
फैसला आइतबारको संसदीय निर्वाचनअघि आएको छ। निर्वाचनमा यामिनले आफ्नो दलबाट उम्मेदवार उतार्दै छन्। ८७ सदस्यीय संसद्मा बहुमत प्राप्त गर्न खोजिरहेको उनको दललाई यस फैसलाले सघाउ पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यामिनलाई सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा सानो टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो। बिहीबारको फैसलाले उक्त फैसलालाई खारेज गरेको छ। यामिनका सह–आरोपी युसुफ नइमलाई पनि रिहा गरिएको छ। व्यापारी नइमलाई १० लाख डलर घुस दिएको आरोपमा दोषी ठहर गरिएको थियो।
६४ वर्षीय यामिनलाई उच्च सुरक्षा भएको माफुशी कारागारमा राखिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
