महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

काठमाडौँ– महोत्तरी क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

उनी माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।महतोले २३ हजार ४०२ मत प्राप्त गरे। माओवादीका उपमहासचिवसमेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए।

२०६४ यता हरेक निर्वाचनमा माओवादीले जित्दै आएको यो क्षेत्रमा यसपटक एमालेले जित निकालेको हो।