निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन्। मतदानका लागि एक लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ।
भारतमा शुक्रबार बिहान सात बजेदेखि लोकसभा सदस्य पदका लागि मतदान जारी छ।
जम्मु र काश्मीरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ।
जम्मु र काश्मीरसहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भइरहेको हो। सातौँ चरणमा सम्पन्न हुने लोकसभा निर्वाचनको पहिलो चरणको मतदान शुरू भएको हो।
निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का आठ र तीन जना पूर्वमुख्यमन्त्री तथा एक जना पूर्वराज्यपाल प्रतिष्पर्धामा छन्।
पहिलो चरणको मतदानमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू र काश्मीर, लक्षद्वीप र पोण्डिचेरीमा मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन्। जसमा आठ करोड चार लाख पुरुष र आठ करोड २३ लाख महिला मतदाता छन्। मतदानका लागि एक लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ।
देशभरका मतपत्र एकै पटक संकलन गरेर जुन ४ मा मतगणना शुरू गरिने र सोही दिन नतिजा घोषणा गरिने आयोगले जनाएको छ। ६ हप्तामा सम्पन्न हुने निर्वाचनमा ९७ करोड मतदाता सहभागी हुने विश्वास गरिएको छ।
एक करोड ५० लाख कर्मचारीले १० लाख मतदान केन्द्र सञ्चालन गर्नेछन्। यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
