त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ।
सिन्धुपाल्चोक– त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ।
दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान ७ बजेको आसपासमा दुर्घटनामा परेको थियो। मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक नीरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए। दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ।
बस सडकबाट करिब १५० मिटर तल खोँचमा खसेको थियो। स्थानीय र प्रहरीले घाइतेलाई उद्धार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
