धनुषा–१ मा मातृका यादव पराजित, जसपाका दीपक कार्की विजयी

धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।

काठमाडौँ– धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन्।

उनले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका मातृका यादवले २१ हजार ४८३ मत प्राप्त गरे।

जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४६७ र राप्रपाका मनोज मल्ल ठकुरीले आठ हजार २७३ मत प्राप्त गरे।