कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।
काठमाडौँ– कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। शुक्रबार बसेको कोशी प्रदेशसभाको बैठकले प्रस्तावलाई बहुमतले पारित गरेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउने प्रयोजनका लागि ल्याइएको उक्त संकल्प प्रस्ताव बिहीबार प्रदेशसभामा पेश भएको थियो। बिहीबार बसेको प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेश गरेका थिए। संकल्प प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेका छन्।
परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ।
शुक्रबारको बैठकमा ध्वनि मतका आधारमा संकल्प प्रस्ताव पारित भएको घोषणा गरिएको थियो। तर संकल्प प्रस्तावका प्रस्तावक एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले मत विभाजन गर्न माग गरेका थिए। त्यसपछि सभामुख अम्बरबहादुर विष्टले मत विभाजन गराउँदा उक्त प्रस्तावको पक्षमा ५२ सांसदको मत परेको थियो भने विपक्षी सांसदले मत दिएनन्। तीन जना सांसद तटस्थ बसेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
