विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ भने अन्य आठ जनालाई सफाइ दिएको छ।
काठमाडौँ– विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ।
शुक्रबार विशेष अदालतका अध्यक्ष टेकबहादुर कुवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले दोषी ठहर भएका पौडलको सजाय निर्धारणका लागि वैशाख २५ गतेका लागि पेशी तोकिएको जानकारी दिए।
नौ जनाविरुद्ध नेसनल पेमेन्ट गेटवे खरिदका क्रममा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। विशेषले अन्य आठ जनालाई सफाइ दिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख मधुकुमार मरासैनी, केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकले सफाइ पाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको भन्दै गते असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयारी गरी नेसनल पेमेन्ट गेटवे खरिद गरेर सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर थियो। वैशाख २ गतेदेखि निरन्तरको सुनुवाइपछि विशेष अदालतले सो मुद्दामा शुक्रबार फैसला सुनाएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
