त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट शुक्रबार नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।
“सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याइएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) ८५० ग्रामसहित निजलाई पक्राउ गरिएको हो,” उनले भने।
यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
