गत महिना एचफाइभ एनवानबाट संक्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्रासमेत परेका भेटिएका थिए।
विश्व स्वास्थ्य संगठनन (डब्ल्यूएचओ)ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) संक्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ।
यसै महिनाको शुरूमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट संक्रमित भएका थिए। डब्ल्यूएचओका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङका अनुसार टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा संक्रमण भएको यो पहिलो घटना हो।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने संक्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ। यसले हामीले पहिले बुझेको भन्दा संक्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ।”
भाइरसले जंगली चराहरूको सम्पर्कमा आएका गाईका झुन्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो। “अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुन्ड प्रभावित भएको देख्छौँ, जसले स्तनधारी जनावरमा भाइरस फैलिने अर्को कदम देखाउँछ,” झाङले भने।
यस्तै, संक्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ। उनी भन्छन्, “गाईको काँचो दूधमा भाइरसको सघनता धेरै थियो, तर दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर विशेषज्ञले अझै पनि अनुसन्धान गरिरहेका छन्।”
टेक्सासको स्वास्थ्य विभागले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको संक्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ। दूध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेसन’ले यो भाइरसलाई मार्ने बताइएको छ । झाङ भन्छन्, “मानिसहरूले सुरक्षित खाद्य अभ्यास सुनिश्चित गर्न महत्त्वपूर्ण छ।”
एचफाइभ एनवान पहिलो पटक सन् १९९६ मा देखा परेको थियो। सन् २०२० देखि संक्रमित स्तनधारीको संख्यामा वृद्धिसँगै चराहरूमा पनि तीव्र रूपमा बढेको छ।
गत महिना यसबाट संक्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्रासमेत परेका भेटिएका थिए। विशेषज्ञको लागि यो अर्को चुनौतीको विषय बनेको बताइएको छ।
झाङका अनुसार पछिल्ला केही वर्षयता युरोप र अमेरिकामा भाइरस बढेयताका मानवीय घटनामा हल्का संक्रमण देखिएको छ। अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भने भेटिएको छैन ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
