समुद्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन्।
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा २०८० सालमा ३१ हजार ४३९ विदेशी पर्यटक पुगेका छन्। पर्यटक प्रहरी चौकी घोडेपानीले यहाँ भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ।
प्रहरी चौकीका वरिष्ठ हवलदार टेकबहादुर सुनारी मगरका अनुसार सबैभन्दा बढी चैतमा पाँच हजार ८४९ जना पर्यटक घोडेपानी आएका छन्।
२०७९ सालमा २६ हजार ३०१ जना पर्यटकले घोडेपानी घुमेका थिए। घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्किन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन्।
“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ,” उनले भनिन्, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार पर्यटक घोडेपानी आउने गरेका थिए।
समुद्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन्। ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन्।
पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेस्टुराँलाई ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ। पुनहिल प्रवेश गर्न हरेक नेपालीले ५० र विदेशीले १५० रुपैयाँ शुल्क तिर्नुपर्छ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनासलु हिमालको अवलोकन गर्न सकिन्छ। घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जंगल छ। हिजोआज गुराँसले ढकमक्क भएको जंगलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।
अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन्। आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ। पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
