कैलालीका विभिन्न भाग भएर बग्ने कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको निर्माण थालिएको छ।
गोदावरी– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण शुरू भएको छ। कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको निर्माण थालिएको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।
गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा २८०, गौरीगंगामा २३०, शिवगंगामा १६५ र कैलालीको घुराहा नदीमा १५० गरी ८२५ मिटर तटबन्धका लागि तीन करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोड रुपैयाँमा ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए।
कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि नौ करोडमा रुपैयाँमा ठेक्का सम्झौता भई काम शुरू भएको छ। घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलोमिटर तटबन्ध निर्माण हुने डिभिजन प्रमुख पालले बताए।
यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा ७५६ मिटर तटबन्ध निर्माणका लागि चार करोडमा ठेक्का सम्झौता भएको छ। नौ महिनाभित्र तटबन्धको काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
