सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ आरोहीले अनुमति पाएका छन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।
काठमाडौँ– वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ।
पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका ३५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३९९ रुपैयाँ रोयल्टी जम्मा भएको हो। विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथामा उत्साहवर्द्धक रूपमा आरोही आइरहेको बताए।
सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ आरोहीले अनुमति पाएका छन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन्।
निर्देशक गुरुङले आरोहीको संख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए। उनीहरूबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ। गत वर्ष ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो।
विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १८१ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो। “यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ,” निर्देशक गुरुङले भने, “अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा ४०० भन्दा बढी आरोही पुग्ने देखिन्छ।”
पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जाने विदेशीलाई प्रतिव्यक्ति ११ लाख रुपैयाँ दस्तुर लाग्छ। नेपालीले ७५ हजार तिर्नुपर्छ। विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गर्छन्। मुलुकको पर्यटनको महत्त्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ।
वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ। यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक संख्यामा आरोही आउँछन्। सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै आरोही आएको बताए।
सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन्। यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ।
सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन्। सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ। यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
