बाँकेमा गत आर्थिक वर्ष १६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका हुन्।
बाँके– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा २६५ घरेलु तथा साना उद्योग बन्द भएका छन्।
कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए।
उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। १०५ उद्योगतर्फ र १६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन्। उद्योग–व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले घरायसी कारण देखाउने गरेका छन्।
बाँकेमा गत आर्थिक वर्ष १६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन्। यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ ४३४ र वाणिज्यतर्फ ३७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए।
बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६३१ र वाणिज्य फार्म एक हजार १५० गरी एक हजार ७८१ घरेलु तथा साना उद्योग नवीकरण भएका छन्। कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताए।
उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौँ उद्योगी व्यवसायी नेपालगन्जबाट विस्थापित हुन पुगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
