भूमिकास्थान नगरपालिका, धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा आगलागीबाट २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए।
अर्घाखाँची– भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ। आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ। वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो।
भूमिकास्थान नगरपालिका, धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झन्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए।
भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ। जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ।
मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताए। क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ। पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन्।
आगलागीबाट शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर र गोठ, वसन्त मल्ल ठकुरीको घर गोठ, विष्णु जिएम खोकाको पसल जलेको छ। साथै गंगाबहादुर र दुर्गा विकको थोरे घर, पूर्णप्रसाद भुसालको गोठ र बाइक, भुपलाल भुसालको गोठ र भैँसी जलेका छन्।
प्रहरीका अनुसार झबिवाल भुसाल, खिमप्रसाद भुसाल, तिलक भुसाल, ईश्वरी भुसाल काशीराम भुसालको घर जलेको छ भने गंगा भुसालको गोठ, रामजी भुसालको घर र थारो, कृष्ण ओलीको घर, थारो र भैँसी, दोलप्रसाद भुसाल र पिताम्बर भुसालको थारो जलेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
