गुल्मी– जिल्लामा यसपटक धान उत्पादनमा कमी आएको छ। पोहोर २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएकामा अहिले २३ हजार ७१८ मेट्रिक टनमात्र उत्पादन भएको हाे।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार शुरूमा खडेरी, फूल खेल्ने बेलामा पानी र हावा लागेका कारण उत्पादन घटेको हाे। धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनको भनाइ छ।
जिल्लामा चैते धान ३४१ हेक्टर र वर्षे धान आठ हजार ६७० हेक्टर गरी नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।
जिल्लामा सबैभन्दा बढी धानखेती हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहा, कालीगण्डकीको अर्वेनी, कनौटा, छापचौर, सत्यवतीको जुहाङ्ग खैरेनी, अस्लेवा, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट हुन्।
त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँट, गुल्मी दरबारको गरमटारी, खज्याङ्ग र घोडाहा फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग, उल्लीखोला, टाहाटिमलगायतका स्थानमा धेरै मात्रमा धानको उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए।
मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर एवं मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ। गुल्मीमा पोहोर पाँच करोड बराबरको चामल आयात भएको थियो। एक जनाले सरदर बर्सेनि १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार ५०० मेट्रिक टन चामल आवश्यक रहेको केन्द्रका प्रमुख भण्डारीले बताए। जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ।
उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ। स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
