गुल्मीको इस्मा गाउँपालिका–२ मा शनिबार दिउँसो हावाहुरी चलेसँगै डढेलो बस्तीमा पसेको थियो। उक्त वडामा मात्रै २० घर जलेर नष्ट भएका छन्।
काठमाडौँ– गुल्मी, अर्घाखाँची र नवलपरासीमा वनमा लागेको डढेलो गाउँमा फैलिएको छ। आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन्। आइतबार बिहानसम्म पनि डढेलो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन्। आगलागीले आफ्नो वडासहित ४ नम्बर वडामा ठूलो क्षति गरेको २ नम्बर वडाका अध्यक्ष लोकनाथ आचार्यले बताए। उनका अनुसार वनमा लागेको आगो शनिबार दिउँसो हावाहुरी चलेसँगै बस्तीमा पसेको थियो।
आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको डीएसपी शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो। डढेलो आइतबार बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन ।
त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले क्षति गरेको छ। रातामाटा, जाबुनडाँडा, बाजाखर्चलगायत गाउँमा करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन।
उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ। त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ। रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो। पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
